५ कार्तिक २०८३, बिहिबार

केपी ओलीलाई प्रधानमन्त्री बनाउन दुई सय ९८ सांसद आवश्यक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

(150519) -- KATHMANDU, May 19, 2015 (Xinhua) -- K. P. Sharma Oli, chairman of Nepal's second largest party CPN-UML, speaks during an exclusive interview with Xinhua at his residence in Kathmandu May 18, 2015. China has been a real help to Nepal in the disaster relief and rescue operations since the April 25 devastating earthquake and the country is looking forward to more help from China in its rehabilitation and reconstruction, K. P. Sharma Oli said on Monday. (Xinhua/Lui Siu Wai)काठमाडौं, २० असोज । एमालेले बहुमतीय प्रक्रियाबाट पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने दल र सभासद्को सूची तयार पारेको छ ।

एमालेको हिसाबमा अहिलेसम्म तीन सय १५ सांसदको समर्थन पुगेको छ । बहुमतबाट प्रधानमन्त्री निर्वाचित हुन दुई सय ९८ सांसदको मत आवश्यक पर्छ ।

एमाओवादी, राप्रपा नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेकपा मालेले समर्थन गर्ने बताएको ओलीनिकट स्रोतको दाबी छ ।

एमालेका एक सय ८३ सांसद छन् । ओलीलाई समर्थन गरेका एमाओवादी ८३, राप्रपा नेपाल २५, राप्रपा १२, नेपाल मजदुर किसान पार्टी चार, राष्ट्रिय जनमोर्चा तीन र मालेका पाँच सभासद् छन् ।

यसबाहेक अन्य केही साना दलको मत पाउनेमा ओली विश्वस्त रहेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कांग्रेस नेतृत्वमा सरकार बनाउँदा भएको सातबुँदे सहमति र २५ जेठमा १६ बुँदे सहमति गर्दा संविधान जारी भएपछि एमाले नेतृत्वमा नयाँ सरकार बनाउने गरी भद्र सहमति भएको, तर कांग्रेस पछाडि हटेको एमालेले जनाएको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डले यसपटक प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष ओलीलाई सघाउने बताउँदै आएका छन् ।

प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउनेबारे भद्र सहमति भएको र त्यो सहमति तोड्ने नहुने पनि बताउँदै आएका छन् ।