३० आश्विन २०८३, शुक्रबार

उपराष्ट्रपतिमा जुनियर मार्कोसले उम्मेदवारी दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ferdinand-Bongbong-Marcos-6मनिला (फिलिपिन्स), १९ असोज । फिलिपिन्सका सिनेटर तथा पूर्व राष्ट्रपतिका छोरा फर्डिनान्ड मार्कोस जुनियरले सोमबार सन् २०१६ मा हुने उपराष्ट्रपतिमा उम्मेदवारी दिने इच्छा प्रकट गर्नुभएको छ ।

मार्कोस जुनियरले एक वक्तव्य जारी गर्दै भन्नुभएको छ, “मलाई यो विश्वास छ कि निर्वाचित प्रतिनिधिले जनतालाई हाम्रो इतिहास परिवर्तनको दिशामा उद्दत गर्न सक्छ । मलाई थाहा छ किन देशमा धनीले धेरै उन्नति तथा गरिब दिनदिनै गरिबीको रेखामुनि जानु परेको छ ।”

देशमा भ्रष्टाचार व्याप्त छ, म यो सबको अन्त्य गर्दै नयाँ इतिहास रच्न चाहन्छु । यसका लागि उच्च नेत्तृत्व तहमा निर्वाचित हुनु आवश्यक भएको उहाँले वक्तव्यमा जनाउनुभएको छ ।

मार्कोसको सिनेटरको रुपमा पहिलो कार्यावधि अर्को वर्ष अन्त्य हुँदैछ । रासस/सिन्ह्वा