३० आश्विन २०८३, शुक्रबार

मोदीको चुनाव क्षेत्र वाराणसीमा तनाव, कर्फ्यू लगाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

varanasi_fire on police van1

एजेन्सी । साधु-सन्तको प्रतिकार यात्राका भएको हिंसक झडपले भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीको चुनाव क्षेत्र बाराणसीमा बबाल मच्चिएको छ ।

सोमबार दिउँसो भएको झडपले हिंस्रक रूप लिएपछि पुलिसले वाराणसी शहरका चारवटा पुलिस स्टेशन अन्तर्गतका पूरै इलाकामा कर्फ्यू लगाइदिएको छ ।

कर्फ्यू लगाइएका पुलिस स्टेशनमा कोतवाली, दशाश्वमेध, लक्सा र चौक रहेका छन् । गोदौलिया, गिर्जाघर, चौक, दशाश्‍वमेधघाट मार्ग, मदनपुर र बाँस फाटक जस्ता इलाकामा प्रहरी तैनाथ गरी मानिसलार्इ प्रवेशमा रोक लगाइएको छ ।

varanasi Temper police fight sadhuपुलिसले शहरका मानिसलार्इ घरबाट निस्कन प्रतिबन्ध लगाएको छ ।  पुलिस र प्रदर्शनकारीबीच सोमबार रातिसम्म ढुंगामुढा र गोलीबारी गर्ने क्रम जारी छ ।

यस क्रममा साधु-सन्तसहित एक दर्जन बढी प्रहरी घाइते भएका छन् । भीडन्तको समाचार संकलनका क्रममा केही पत्रकार पन घाइते हुन पुगेका छन् । अन्नपूर्ण पोष्टमा समाचार छ ।