३० आश्विन २०८३, शुक्रबार

विमान उडाइरहेको अवस्थामा पाइलटको मृत्यु भएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

American_airlinesएजेन्सी । विमान उडाइरहेका एक पाइलटको आकाशमै मृत्यु भएको छ ।

फिनिक्सबाट बोस्टनतर्फ जाँदै गरेको अवस्थामा मेरिकन एयरलाइन्सको विमान उडाइरहेका अमेरिकी एयरलाइन्सका पाइलटको मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन् ।

एक्कासी पाइलटको मृत्यु भएपछि विमानभित्र कोलाहल मच्चिएको थियो । लगत्तैसहायक पाइलटले विमानलाई ह्यान्टिल गरेका थिए । सहायक पाइलटले एक्लै विमान उडाएर मूख्य पाइलटको मृत्यु भएपनि अन्य यात्रीको ज्यान जोगाएका छन् । विमानलाई सुरक्षित अवतरण गराउन उनी सफल भए ।

एकसय ४७ जना यात्री र पाँचजना चालक दलका सदस्य रहेको एयरबस ए ३२० लाई न्यूयोर्कमा आकस्मिक अवतरण गराइएको थियो ।
अमेरिकी एयरलाईन्सका अधिकारीहरुले पाइलटको स्वास्थ्य अवस्था बिग्रिएको कारण देखाउँदै उडानका क्रममा यात्रीहरुलाई विमान न्यूयोर्कमा अवतरण गराउन लागिएको जानकारी गराएका थिए । पाइलटको मृत्यु हुनका कारण खुल्न सकेको छैन् ।