काठमाडौं, १९ असोज । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उच्चस्तरिय राजनीतिक भेटघाट गर्ने गरी चीन जाने भएका छन् ।
दाहाल अक्टोबर १५ मा राजधानी बेइजिङ जान लागेको स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चूणामणि खड्काले जानकारी दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
भ्रमणका क्रममा उहाँले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुहुनेछ, खड्काले भने त्यस क्रममा नेपालको संविधान निर्माण र त्यसपछि राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुहुनेछ ।















प्रतिक्रिया