काठमाडौं । सभासद् नभएका व्यक्तिलाई मन्त्री बनाउन नपाउने संविधानमा व्यवस्था भएपछि एमाओवादीमा खैलाबैला मच्चिएको छ ।
संविधानको प्रारम्भिक मस्यौदामा नभएको शब्द अन्तिम मस्यौदा प्रस्तावमा थपिएको संविधान लेखनमा सहभागी विज्ञहरुलेसमेत बताएका छन् । कांग्रेस, एमाले र एमाओवादी चुनाव जितेका र मन्त्रीको बलियो लाइनमा रहेका प्रभावशाली नेताले मस्यौदा समितिमा रहेको फाइदा उठाउदै आ आफ्नो पार्टीभित्रका प्रतिस्पर्धीलाई रोक्न रोक्न यो प्रावधान घुसाएको चर्चा छ ।
विशेष गरी एमाले र एमाओवादीका केही नेताहरु यस चलखेलमा सामेल भएको र उनीहरुको चलखेललाई मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले आँखा चिम्लेको चर्चा चलेको छ । सभासद् बाहेक अरु मन्त्री हुन नपाउने भएपछि सबैभन्दा लफडा एमाओवादीमा निम्तिएको छ । साँघु साप्ताहिकमा खबर छ ।
















प्रतिक्रिया