३० आश्विन २०८३, शुक्रबार

सीमा नाकामा गोली चल्यो, तीन भारतीय सैनिकको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian_ssb_on_nepali_borderश्रीनर (भारत), १८ असोज । भारत र पाकिस्तान सीमा क्षेत्रमा संदिग्ध विद्रोहीद्वारा काश्मिरमा तीनजना भारतीय सैनिकको गोली हानी हत्या गरेका छन् ।

भारत प्रशासित काश्मिरी क्षेत्रमा रातभरी गरिएको गोली प्रहारमा परी तीन भारतीय सेनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतीय सेनाका एकजना प्रवक्ताले सोमबार सो जानकारी दिएको बताइएको छ । उत्तरपश्चिमी प्रमुख सहर श्रीनगरबाट १४० किलोमिटर टाढा पर्ने हफ्रुदा जङ्गलमा आफ्ना सहकर्मीहरुले ती तीन सैनिकको शव फेला पारेका जनाइएको छ ।

विद्रोहीले गरेको गोली प्रहारमा तीन सैनिकको मृत्यु भएको सैनिक प्रवक्ता एन.एन जोसीले एएफपी समाचार समितिलाई बताएका छन् । जोसीका अनुसार लोलाब मैदान नजिकैमा आतङ्ककारी र सेनाबीच भएको मुठभेडमा आतङ्ककारीहरु पनि मारिएका भारतीय सेनाले जनाएको छ ।

तर मारिने आतङ्ककारी के कतिजना छन् भन्ने बारेमा भने केही पनि खुलाइएको छैन । रासस/एएफपी