विराटनगर, १८ असोज । नाकाबन्दी गरेर पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको भारतले सोमबार २५ ट्यांकर पेट्रोलियम नेपाल आउन दिएको छ ।
आइतबार नेपालको पूर्वको मूख्य विराटनगर नाकामा नेपाल भारतका स्थानीय अधिकारीबीच आपूर्ति सहज बनाउन पाँच बुदे सहमति भएपछि उक्त नाकाबाट सोमबार दिउँसोसम्ममा पेट्रोलियम पदार्थ बोकेका २५ वटा ट्यांकरलाई छाडेको हो ।
उक्त नाकाबाट सोमबार दिउँसो सम्ममा १२ ट्यांकर पेट्रोल, १३ ट्यांकर डिजेल र ३ बुलेट ग्यास भित्रिएका छन् । भारतीय पक्षले सोमबारै २८ वटा अन्य माल बोकेका कन्टेनर पनि छाडेको छ । ती कन्टेनरमा स्याउ, प्याजदेखि अन्य कुहिने खाद्यान्न रहेका छन् ।
विराटनगरको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले सीमामा कुनै अवरोध नरहेको र पेट्रोलियम पदार्थ बोकेको ट्याकंर धमाधम नेपाल प्रवेश गरिरहेको जानकारी दिनुभयो ।















प्रतिक्रिया