लागोस, १८ असोज । नाइजेरियाको मध्य भागमा नाइजेरियाली प्रहरीले ३४ जना संग्दिध बोको हरामका सदस्य पक्राउ गरेका छन् ।
नाइजेरियाली प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बोको हरामका ३४ जना सदस्यलाई पक्राउ गरी पुनस्र्थापना केन्द्र तथा हिरासदमा राखिएको छ ।
मध्य नाइजेरियाको ओबाजाना गाउँका विभिन्न इलाकाबाट संदिग्ध ३४ जना बोको हराम आतङ्ककारीका लडाकू पक्राउ परेका कोगी राज्यका प्रहरी निरीक्षक इमाजुएल ओजुक्वुले बताएका छन् ।
उनले लोकोजास्थित सञ्चारमाध्यमलाई दिएको जानकारीमा बोको हरामका सदस्यलाई स्थल सेना र प्रहरीले घेराहाली प्रक्राउ गरेको जनाएका छन् ।
प्रहरी गस्तीलाई आक्रमण गर्ने व्यक्तिहरुलाई लक्षित गरिएको प्रहरी कारबाहीमा बोको हरामका तीन सदस्यहरु मारिएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
यस कारबाहीको क्रममा एक प्रहरीको पनि ज्यान गएको बताइएको छ । तर यस समाचारको स्वतन्त्र पुष्टि भने हुन नसकेको प्राप्त समाचारमा उल्लेख छ । रासस/सिन्ह्वा















प्रतिक्रिया