५ कार्तिक २०८३, बिहिबार

प्रचण्ड अख्तियारको फन्दामा पर्ने भएपछि बाबुरामले पार्टी छाडेको रहस्य खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-and-baburamकाठमाडौं, १८ असोज । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही दिनभित्रै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरु अख्तियारको फन्दामा पर्ने बताएका छन् ।

नवलपरासीको देवचुली नगरपालिका अन्र्तगत चौधरी ग्रामका मजदुरहरुले आइतबार बिहान गरेको स्वागत तथा चियापानमा भट्टराईले एमाओवादी भ्रष्टाचारीको अखडा भएको बताएको समाचार नागरिक दैनिकले छापेको छ ।

‘एमाओवादी भूकम्पका कारण रातो स्टीकर पाएको घर हो । त्यहाँ बस्दा मलाई पनि किच्दा भनेर छाडेँ’, भट्टराइको भनाई उदृत गर्दै एक सहभागीले भने, ‘एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्रै अख्तियारको फन्दामा पर्दैछन् ।’