५ कार्तिक २०८३, बिहिबार

भारतले भन्यो, ‘नेपाल आउ तेल लिएर जाउ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil Nepal Tankarकाठमाडौं, १७ असोज । भारतले नाकाबन्दी खोल्न आफ्ना निकायहरूलाई निर्देशन दिएसँगै पेट्रोलियम पदार्थको आयात सहज हुने भएको छ ।

भारत सरकारले वीरगन्जस्थित रक्सौल नाकाबाहेक काँकडभिट्टा, भैरहवा, विराटनगर, नेपालगन्ज, कञ्चनपुर, धनगढीलगायतका नाकाबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न दिन सकारात्मक रहेको सन्देश पठाएको छ ।

इन्डियन आयल निगम (आईओसी) का उच्च अधिकारीले शनिबार साँझ ६ बजे नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थ लोड गर्न ट्यांकर पठाइदिन टेलिफोनमार्फत आग्रह गरेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

एनओसीका कार्यकारी निर्देशक गोपाल खड्काका अनुसार आईओसीका उच्च अधिकारीले फोनमार्फत रक्सौलबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ लोड गरेर लैजान अनुरोध गरेका हुन् ।