५ कार्तिक २०८३, बिहिबार

अध्यक्ष दाहालले पनि भने, ‘सुशील कोइराला आफूलाई निरन्तरता चाहन्छन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahalकाठमाडौं, १७ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधान जारी भएपछि एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएपनि परिस्थिति परिवर्तन हुँदै गएको बताएका छन् ।

राजधानीमा शनिबार पार्टी निकट नेवा, ताम्सालिङ र तमुवानको जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्री पदका लागि धेरै नेताको ग्रन्थी रसाएको बताएको समाचार नागरिक दैनिकले छापेको छ ।

अध्यक्ष दाहालले मुलुकमा आएको उतारचढावसँगै कांग्रेस सभापतिसमेत प्रधानमन्त्री सुशील कोइराला आफैँ निरन्तरता दिन लागिपरेको बताए ।

शेरबहादुर देउवा, रामचन्दै पौडेल पनि प्रधानमन्त्रीको आकाक्षी रहेको उनले सुनाए । केपी ओली, माधवकुमार नेपाल पनि प्रधानमन्त्रीको आकाक्षी रहेको उनले सुनाए ।