काबुल (अफगानिस्तान), १६ असोज । तीन डाक्टरको ज्यान जाने गरी उत्तरी अफगानिस्तानको कुन्दुज सहरमा अवस्थित एक अस्पतालमा शनिबार गरिएको आक्रमणको संयुक्त राष्ट्रसङ्घले भत्र्सना गरेको छ ।
घटनामा उक्त अस्पतालमा कार्यरत तीन डाक्टरको मृत्यु भएको तथा कैयौँ अन्य बिरामी र उनका कुरुवाहरु घाइते भएका अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घ सहयोग संस्थाले जनाएको छ ।
संस्थाले घटनाको घोर निन्दा गर्दै अस्पतालमा उपचारत डाक्टर, स्वास्थ्यकर्मी तथा बिरामीमाथि आक्रमणको निसाना नबनाउन भनको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिवका अफगानिस्तानस्थित विशेष दूत निकोलास हेसमले भन्नुभयो – “म अस्पतालमा गरिएको दुःखद एवम् विध्वंशकारी हवाई आक्रमणको कडा शब्दमा निन्दा गर्छु ।” घटनामा अस्पतालमा कार्यरत डाक्टर, बिरामी तथा अन्य नागरिकसमेतको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन्” – उहाँले शनिबार एक वक्तव्य जारी गर्दै बताउनुभयो ।
अस्पतालमा उपचारत डाक्टर, स्वास्थ्यकर्मी तथा बिरामी कहिल्यै पनि आक्रमणको निसाना नबनाउन वक्तव्यमा आग्रह गरिएको छ ।
अन्तर्राष्ट्रिय कानुनले सैन्य गतिविधिमा सघाउने उद्धेश्यका साथ औषधी तथा अन्य अस्पतालका सेवालाई समेत निषेध गरेको छ ।
म सबै द्वन्द्वरत पक्षलाई अस्पतालमा कार्यरत तथा उपचाररत व्यक्ति तथा सेवाहरुलाई निर्वाद चलाउनदिन आग्रह गर्दछु ,उहाँले थप्नुभयो ।
गएको सोमबार अकास्मात् उत्तरी अफगानिस्तानको कुन्दुज सहरमा तालिवानी विद्रोहीले आक्रमण गरी सहरका केही भागलाई आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको थियो । सरकारले गरेका यसपछिका कार्बाहीमा विद्रोही क्रमशः पछि हट्दै गएको समाचार छ ।















प्रतिक्रिया