ढाका, १६ असोज । उत्तरी बङ्गलादेशमा एकजना जापानी नागरिकको हत्या भएको समाचार छ । उनलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ ।
बङ्गालादेशमा एकजना इटालियन सहायताकर्मीको हत्याको भोलिपल्ट शनिबार मात्र एक जापानी नागरिक पनि मारिएको समाचारमा जनाइएको छ ।
ती इटालियनको हत्याको जिम्मेवारी आइएसले लिएका छन् । तर यी जापानीको हत्याको बारेमा भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
बङ्गालादेशको स्थानीय समायानुसार शनिबार बिहान साढे दश बजे उनलाई उत्तरी बङ्गलादेशी नगर रङ्गपुरमा हत्या गरिएको थियो ।
रिक्सामा चढेर यात्रा गरिरहेका उनलाई गोलीहानी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बताएअनुसार उनलाई सो रिक्साबाट ओरालेर हत्या गरिएको थियो ।
रिक्सामा चढेर यात्रा गरिरहेका उनलाई सो रिक्सा रोकेर गोली हानिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलाइएको छैन । उनी ५५ देखि ६० वर्षको उमेरका रहेका पनि प्रहरीले जनाएको छ । रासस÷एएफपी















प्रतिक्रिया