१ कार्तिक २०८३, शनिबार

माटोको ढिस्कोले पुरिएर ६ जनाको ज्यान गयो, २ को अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sana-Babuharu-Tikapur-Kailaटीकापुर, १५ असोज । कैलालीको मध्यवर्ती दोदोधरा गाविस वडा नं– ७ कट्टीपुरमा शुक्रबार साँझ करिव ५ बजे मोटोको ढिस्कोमा पुरिएर ६ जनाको मृत्यु गएको छ । दुई जनाको अवस्था गम्भीर रहेको छ ।

माटोको ढिस्कोमा पुरिएर मृत्यु हुने सबै १० वर्ष मुनिका बालबालिका रहेका छन् ।

इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लका अनुसार माटोको ढिस्कोमा पुरिएर मृत्यु हुनेहरूमा दोदोधरा गाविस वडा नं–७ कट्टीपुरका ६ वर्षीया ननिता न्यौपाने, दीपक प्याकुरेल, ७ वर्षीय सुशान्त सुनार, किरण सुनार, ९ वर्षीय मैंया भनिने सुमिता सुनार १० वर्षीय सीता प्याकुरेल रहेका छन् । मृतक सुमिता र सुशान्त दिदी भाइ हुन् ।

त्यस्तै सीता, दीपक, सुशान्त र समिता स्थानीय वालकन्या निम्न माध्यमिक विद्यालय कट्टीपुरका विद्यार्थी हुन् भने नमिता न्यौपाने सन राइज इग्लिश बोर्डिङ्ग स्कुल सडकपुर बोनियामा अध्ययनरत थिइन् ।

ढिस्कोमा पुरिएर सोही गाउँका ३० वर्षीया जमुना खतिवडा र ३५ वर्षीया रत्ना खतिवडाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनीहरूलाई नेपालगञ्ज रिफर गरिएको छ ।

दशैंका लागि घर लिपपोत गर्ने माटो ल्याउन गएका उनीहरूको माटो झिक्दै गर्दा ढिस्कोमा पुरिएर ज्यान गएको हो ।

ढिस्कोले पुरिएपछि स्थानीय वासिन्दाले उद्दार गरी स्थानीय वर्दगोरिया अस्पतालमा ल्याइ पुराएका थिए । अस्पताल ल्याउँदै गर्दा उनीहरू सबैको बाटो मै ज्यान गइसकेको अस्पतालले जानकारी दिएको छ ।

– समाचार र तस्बिर सौजन्य कर्ण कुँवर