३० आश्विन २०८३, शुक्रबार

सैनिक विमान खसालेको तालिवानको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

America-army

जलालावाद, १५ असोज । अफगास्तिानका तालिवानहरुले शुक्रबार नेटो र अफगान सैनिक चढेको एक विमान खसालेको दाबी गरेका छन् ।

सो विमानमा रहेका ११ जनाको ज्यान गएको र ती ११ जनामा छ जना अमेरिकी सैनिक रहेका पनि तालिवान संगठनले जानकारी दिएको छ । अफगानिस्तानको पूर्वी भागमा यस्तो विमान खसालिएको भन्दै यसमा रहेकामध्ये छ जना अमेरिकी सैनिक समेत रहेका सो संगठनका प्रवक्ताले शुक्रबार ट्वीट गरेका छन् ।

हाम्रा मुजाहिद्दीनले चार इन्जिन भएको अमेरिकी विमान अफगानिस्तानको पूर्वी भूभागमा खसालेका छन् र त्यसमा ११ जना मारिएका छन्– उक्त संगठनका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शुक्रबार आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन् ।

उनले उक्त ट्वीटर अकाउन्टमा अरु पनि कयौँ विदेशी सैनिक मरेको भनी उल्लेख गरेका छन् । सो सूचनालाई उनले विश्वसनीय सूचना पनि भनेका छन् ।

सो दुर्घटनाका बारेमा नेटोले भने केही भनेको छैन । यसअघि पनि तालिवानहरुले युद्धमा आफुले नेटो सैनिकतर्फ ठूलो क्षति पु¥याएको भनी दुस्प्रचार गर्ने गरेकाले यस समाचारको विश्वासका बारेमा पनि प्रश्न उठ्न सक्ने बताएको छ ।

हाल अफगानिस्तानमा नेटो सैनिकका रुपमा करिब १२ हजार जना अमेरिकी सैनिक रहेका छन् । तालिवानले पनि मारिने सैनिक अमेरिकी नै रहेको बताएको छ । रासस/एएफपी