बेइजिङ (चीन), १५ असोज । चिनियाँ प्रधानमन्त्री ली कचियाङले पुनः प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनुभएकोमा सिङ्गापुरका प्रधानमन्त्री ली सेनलुङलाई बधाई ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्री ली कचियाङले आफ्नो बधाई सन्देशमा चीन र सिङ्गापुर दुई असल मित्र भएकोले आगामी दिनमा पनि दुई देशबीच व्यवहारिक रुपमा समन्वय हुने बताउनुभएको छ ।
चीन र सिङ्गापुरबीच २५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
चीन सरकारले सिङ्गापुरसँग एक असल र सहयोगी मित्रका रुपमा समन्वय गर्दै आएको र आगामी दिनमा सम्बन्ध अझै प्रगाढ हुने प्रधानमन्त्री ली कचियाङले बताउनुभएको छ । रासस/सिन्ह्वा
















प्रतिक्रिया