५ कार्तिक २०८३, बिहिबार

मोदीले कोइरालासँग टेलिफोनमा कुरा गर्न किन मानेन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-n-sushilकाठमाडौं, १५ असोज । बिहीबार दिनभरको प्रयास असफल मन्त्रीस्तरको भेटवार्ताले सिमानाको आपूर्ति गतिरोध फुकाउन नसकेपछि नेपाल र भारतका प्रधानमन्त्रीस्तरको वार्ताका लागि प्रयास भइरहेको छ ।

बिहीबार दिनभर प्रयास भए पनि मोदीको कार्यव्यस्तताका कारण सम्भव नभएको स्रोतको भनाइ रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

मोदीले विदेश मन्त्रालय, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमार्फत नेपालको परिस्थितिबारे जानकारी लिइरहेका छन् ।

भाजपाले नै गर्‍यो मोदी सरकारको विरोध

नेपालमाथि लगाइएको अघोषित नाकाबन्दीपछि स्वेदशभित्रै भारत सरकारको विरोध भएको छ ।

सत्तारुढ भाजपाका नेताहरूले समेत नाकाबन्दी खुलाएर सरकार र मधेसी दललाई वार्ताका लागि प्रोत्साहन गर्न मोदी सरकारलाई सल्लाह दिएका छन् ।