काठमाडौं, १५ असोज । सरकारको प्रमुख घटक एमालेले प्रधानमन्त्री सुशील कोइरालालाई आज शुक्रबारै संसद बैठकमार्फत राजीनामा गर्न सुझाव दिएको छ ।
प्रमुख ३ दलको बिहीबार बालुवाटारमा बसेको बैठकमा एमालेले यस्तो दबाब दिएपछि प्रधानमन्त्री कोइराला अन्यौलमा परेको स्रोतले बताएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
बालुवाटार बैठकको सुरुमै एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले शुक्रबार संसदमा राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री भने संविधान संशोधनको विषय टुंङग्याएर रानीनामा दिने तयारीमा छन् ।















प्रतिक्रिया