५ कार्तिक २०८३, बिहिबार

अमरेशलाई कारबाही नगर्न कसले दियो कोइरालााई दबाव ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amresh Kumar Singhकाठमाडौं, १५ असोज । कैलालीमा सामाजिक सद्‍भाव भडकाउने अभिव्यक्ति दिएका कांग्रेस सभासद् अमरेशकुमार सिंहमाथिको कारबाही पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाकै निर्देशनमा रोकिएको खुलेको छ ।

पार्टी नीतिविपरित गतिविधिका कारण सिंहमाथि कारबाही गरिने कोइरालाले बताउँदै आएको समाचार कान्तिपुर दैनिकले छापेको छ । गत शनिबार टीकापुर पुगेका उनले सिंहमाथि कारबाही गरिने दोहोर्‍याएका थिए ।

पार्टीको अनुशासन समितिलाई कोइरालाले एक महिनाअघि नै कारबाही प्रक्रिया थाल्न निर्देशनसमेत दिएका थिए ।

तर, त्यसलाई रोक्न कोइरालाले नै निर्देशन दिएको कांग्रेसका एक नेताले जानकारी दिए ।

पार्टी सभापतिकै निर्देशनमा अनुशासन समितिको बैठकसमेत बस्न नसकेको ती नेताले बताए ।

उनको भनाइमा कारबाहीबारे प्रधानमन्त्री कोइराला नै अन्योलमा छन्, सोही कारण समितिको बैठक नडाकिएको हो ।

समितिका अध्यक्ष आमोद उपाध्याय बिरामी भएकाले दिलबहादुर घर्तीलाई कार्यवाहक तोकिएको छ । सदस्यमा सुरेन्द्र पाण्डे, रमेश रिजाल र मीना पाण्डे छन् ।

समितिले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै भदौ दोस्रो साता २४ घण्टे स्पष्टीकरण लिएको थियो । पाण्डे बाहेकका सदस्य तत्काल कारबाही गर्न नहुने पक्षमा उभिएपछि अहिलेसम्म बैठक बस्न सकेको छैन ।

प्रधानमन्त्री कोइरालाकै निर्देशनमा कार्यवाहक सभापति घर्तीले बैठक नबोलाएका हुन् ।