५ कार्तिक २०८३, बिहिबार

नाकाबन्दी गरेपछि चार हजार बढी सवारी भारतीय भूमिमै रोकिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aGbsf] df/  g]kfnsf] nflu cfoft ul/Psf] vfgf ksfpg] Uof;sf a'n]6 jL/uGhsf] l;dfjtL{ If]qdf ylGsPsf] b[Zo . ;+ljwfg / k|b]z l;dfªsgsf] lj/f]w ub}{ dw]; s]lGb|t bnsf g]tf tyf sfo{stf{n] jL/uGhsf] Ogjf{l:yt bzuHhf If]qdf wgf{ a;]kl5 $*) a'n]6 Uof; @) lbgb]lv ;LdfIf]qdf ylGsPsf] 5 . tl:a/ M ljhos'df/ dxtf]÷k;f{÷/f;;

काठमाडौं, १४ असोज । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल बुधबार बिहान मर्निङ वाकमा निस्किँदा निवासबाहिर लम्बेतान लाइन थियो । जब कि प्रहरीको पेट्रोल पम्प राति साढे ११ बजेसम्म पेट्रोलियम पदार्थ बिक्री गरेर बन्द भइसकेको थियो।

भोलिपल्ट कुन बेला वितरण सुरु हुने थाहा नभए पनि गाडीमै सुतेर पेट्रोलियम पाइने आसमा लाइन बस्ने धेरै थिए।

‘प्रहरीले भोलि वितरण हुने ग्यारेन्टी छैन भन्दा पनि जहिले पाइन्छ तहिले लिन्छौं भनेर लाइनमा बसेका रहेछन्’, अर्यालले भने। पेट्रोलियम पदार्थ अभाव र जोरबिजोर प्रणालीका कारण सोह्र श्राद्धको समयमै उपत्यकाका सडकले मध्यदसैंको झझल्को दिइरहेका छन्।

मधेस बन्दका कारण महिना दिनभन्दा बढीदेखि अत्यावश्यक वस्तुको आपूर्ति सहज नबनिरहेका बेला एक साताअघि भारतले नाकाबन्दी गरेका कारण पेट्रोलियम पदार्थलगायत सबैजसो वस्तुको आयात ठप्प रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

एक सातादेखि उपत्यकावासीले ग्यास पाएका छैनन् । पाएका केहीले कालोबजारमा बढी मूल्य तिर्नुपरेको छ। कतिपयका घरमा चुलो बल्न छाडिसकेको छ।

ठमेलजस्तो चहलपहल हुने ठाउँ सुनसान छ । ग्यास अभावमा रेस्टुरेन्टहरू बन्द हुन थालेका छन् ।

एक साता लम्बिए पाँचतारे होटलका किचन पनि बन्द हुने अवस्थामा पुग्छन् । सरकारले पेट्रोलियमबाहेकका अत्यावश्यक वस्तुको भन्डारण तीन महिनाका लागि पर्याप्त भने पनि राजधानीमा कालोबजारी बढेको छ।

‘खाद्यान्न त छठ पर्वसम्मका लागि पर्याप्त छ’, वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्यायले भने, ‘तर यस्तो मौकामा चौका हान्न खोज्ने त भइहाल्छन्।’

वाणिज्य विभागले अनुगमन जारी राखेको र संकटका बेला कालोबजारी फेला परे कडा कारबाही गरिने उनले बताए।

यसरी अत्यावश्यक वस्तुको अभाव भइरहेका बेला नेपाल ल्याउन सामान लोड गरी ठिक्क पारिएका चार हजार २६ ट्रक र कन्टेनर नाकापारि सीमावर्ती भारतीय भूभाग तथा कोलकाता बन्दरगाह क्षेत्रमा कुरेर बसेका छन् ।

यसरी माल लोड गरिएका मालवाहक सवारी रोकिँदा तिर्नुपर्ने विलम्ब शुल्कको मार अन्ततः उपभोक्ताकै थाप्लोमा पर्नेछ।