३० आश्विन २०८३, शुक्रबार

बङ्गलादेशमा दुई प्रतिपक्षी नेतालाई मृत्युदण्डको सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fasi-finalढाका (बङ्गलादेश), १३ असोज । बङ्गलादेशको एक अदालतले सन् १९७१ को युद्धताका घटेका अमानवीय अपराधमा संलग्न भएको भन्दै यहाँका दुई प्रतिपक्षी नेतालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ ।

काराबास जीवन बिताइरहेका बङ्गलादेशका जमाते इस्लामिक पार्टीका सहायक महासचिव कामरुजमान र बङ्गलादेश नेसनलिस्ट पार्टीका नेता सलाउद्दिन क्वादर चौधरीविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले मृत्युदण्डको फैसला सुनाएको हो ।

उक्त अदालतले गएको जुन १६ मा पनि कमारुजानको पार्टीका एक नेता अलिहसन मोहम्मद मोजाहिदविरुद्ध मृत्युदण्डको फैसला सुनाएको थियो । रासस/सिन्ह्वा