– नरेन्द्र कार्की
दार्चुला, १३ असोज । दार्चुलामा पेट्रोलियम पदार्थको अभाव हुने संकेत देखिएको छ । गोकुलेश्वरमा रहेको एक मात्र आयलस्टोरमा पेट्रोलियम पदार्थ ढुवानीमा कमी आउँदा समस्या हुने देखिएको हो ।
तराइ क्षेत्रबाट पेट्रोलियम पदार्थ ढुवानी कम हुन थालेको छ । केहि दिनअघि पेट्रोल, डिजेल पुगेको कारण बढिमा एकसातासम्म धान्न सक्छ, आयस्टोर गोकुलेश्वरका प्रवन्धक सुरेशसिह साउदले भने, ‘अहिले गाडीहरुलाई दैनिक १० देखि २० लिटरसम्म डिजल पेट्रोल उपलब्ध गराउने गरेको छु ।’
दार्चुलाको लागि एक हप्ता भन्दा बढि पुग्दैन होला साउँदले भने, भारतीय नाकाबन्दीका कारण समस्या उत्पन्न हुने देखिएको छ । अहिले आयोजना, सरकारी कार्यालयका गाडी तथा नीजि गाडीहरुलाई उपलब्ध गराउँदै आएको दरले एकसाता पेट्रोल डिजल पुग्छ ।















प्रतिक्रिया