३० आश्विन २०८३, शुक्रबार

भ्रष्टाचार अभियोगमा दश प्रहरी अधिकारी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सान जुआन (पिओर्टो रिको), १३ असोज । संयुक्त राज्य अमेरिकाको सङ्घीय अनुसन्धान विभाग (एफविआई)ले १० जना पिओर्टो रिको प्रहरी अधिकारीलाई भ्रष्टाचार अभियोगमा पक्राउ गरेको छ ।

एफबिआई अधिकारीले भ्रष्टाचारको भ्रष्टाचार नियन्त्रण अभियान अन्तर्गतथ गरिएको अनुसन्धानका क्रममा उनीहरु भ्रष्टाचारमा संलग्न रहेको प्रारिम्भक अनुसन्धानमा खुल्न आएपछि उनीहरुलाई पक्राउ गरिएको एफबिआइले जनाएको छ ।

भ्रष्टाचार आरोपमा पक्राउ गरिएका सबै प्रहरी पिओर्टो रिकोको राजधानी साना जुवानमा कार्यरत भएको बताइएको छ । तर, उनीहरु बारेमा विस्तृत छानविन पश्चात मात्रै सबै विवरण सार्वजनिक गरिने एफबिआइले जनाएको छ ।

puerto rico policeगएको पाँच वर्षभित्र भ्रष्टाचार अभियोगमा करिव एक सय जना प्रहरीलाई पक्राउ गरिएको र छानविन पश्चात आवश्यक कानुनी कार्वाही गरिएको पिओर्टो रिकोस्थित एफबिआई स्रोतले जनायो ।

भ्रष्टाचार नियन्त्रण अभियान अन्तर्गत एफविआईले सन् २०१० मा मात्रै ८९ सरकारी अधिकारीलाई पक्राउ गरी अभियानको थालनी गरको उक्त गुप्तचर संस्थाले जनाएको छ । रासस/एपी