काठमाडौं, १३ असोज । अख्तियारले कारबाही सिफारिस गरेका एमालेका २ मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार साँझ केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
शुक्रबार शुरु हुने संसद अधिवेशनमा राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री कोइरालाले दुई दिनअघि ओलीलाई टेलिफोन गरी अख्तियारले कारबाही सिफारिस गरेका खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र उर्जामन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
मन्त्रीद्वयलाइ पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले कारबाही प्रक्रिया अघि बढाउन भनेको थियो ।















प्रतिक्रिया