काठमाडौं, १२ असोज । चिनियाँ राष्ट्रपति सि जिनपिङले विश्वका अविकसित देशहरूका लागि मानवीय तथा आर्थिक सहयोगका क्षेत्रमा काम गर्न सबैसँग आग्रह गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७० औँ महासभालाई सम्बोधन गर्दै उहाँले आफू सधै विकासशिल राष्ट्र निर्माणमा सहयोग गर्ने धारणा राख्नुभएको हो । उहाँले सबै सदस्य राष्ट्रहरूले विश्वका विकासशील देशका पक्षमा काम गर्न आग्रह गर्नुभएको हो ।
नेपाल देशको प्रत्यक्ष नाम नलिएपनि चिनियाँ राष्ट्रपति सिले ठूला राष्ट्रले साना मुलुकमा हस्तक्षेप गर्ननहुने भनेर नेपालको पक्ष लिनुभयो ।उहाँले चीनको मत सधैँ विकासशील राष्ट्रको पक्षमा हुने पनि बताउनुभएको समाचारमा जनाइएको छ ।
हामीले यस्ता राष्ट्रहरूको सक्रिय सहभागितामा जोड दिन्छौँ र यसले विशेषगरी अफ्रिकी राष्ट्रहरूको हकमा बढी सहयोग पु¥याउने छ– उहाँले भन्नुभयो ।
चीन सधैँ आफ्नो विकास र समृद्धिका कुराहरूलाई विश्व समुदायसँग साझेदारी गर्न तयार छौँ भन्दै उहाँले यसबाट विकासशील राष्ट्रहरू पनि लाभान्वित हुनसक्ने धारणा राख्नुभयो ।
उहाँले सो धारण राखिरहँदा सो सम्मेलनका सहभागीहरूले ताली बजाएका थिए । तालीकै बीच उहाँले आफ्नो धारणा टुङ्ग्याउनुभएको थियो । रासस/सिन्ह्वा















प्रतिक्रिया