काठमाडौं, ११ असोज । छिमेकी चीनबाट वार्षिक २० अर्व रुपैयाँ बराबरको सामान आयात गर्ने उत्तरी तातोपानी नाका जोड्ने अरनिको राजमार्ग संचालन गर्न सरकार उदासिन देखिएको छ ।
तराई मधेसमा चर्किएको आन्दोलनले दक्षिणी नाकाबाट आपूर्ति प्रभावित हुन थालेपछि तातोपानी नाका खुलाउन सरकारले चासो दिएपनि बजेट विनयोजन गरिएको छैन् । नागरिक दैनिकले समाचार छापेको छ ।
वैशाख १२ को भूकम्पपछि तातोपानी नाकाबाट सामान आयात प्रभावित भएको छ । भूकम्पपछि बाढी र पहिरोले अरनिको राजमार्गमा क्षति गरेको छ ।















प्रतिक्रिया