५ कार्तिक २०८३, बिहिबार

पाँच वटा नाकामा सयौँ मालबाहक गाडी भारतीयले किन रोके ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १० असोज । सरकारले नेपालतर्फ आउन लागेका सयौं मालबाहक सामान र पेट्रोलियम पदार्थ बोकेका सवारी साधन भारतका ५ वटा नाकामा अड्किएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

पूर्वको मेची र पश्चिमको धनगढी नाका बाहेक अन्य नाकाबाट भारतले नेपालतर्फ आउने सामान र तेलसहित गाडीहरु पूर्ण रुपमा बन्द गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

विराटनगर, वीरगंज, भैरहवा, कृष्णनगर र नेपालगंज नाका ठप्प छ ।

दलहरुले भने कुटनीतिक पहलको खाँचो रहेको बताएका छन् ।