५ कार्तिक २०८३, बिहिबार

एमाओवादी फुटाएर बाबुराम भट्टराई अध्यक्ष बन्ने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai-Daiकाठमाडौं, ९ असोज । एमाओवादीका मधेसी तथा असन्तुष्ट सांसदलगायतका केन्द्रीय नेताहरुले मधेसको अधिकार कुष्ठित गरी ल्याइएको संविधानलाई पार्टीले समर्थन गरेको भन्दै नयाँ पाटी खोल्ने तयारी गरेका छन् ।

एमाओवादी पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्यसहित सप्तरीदेखि रौतहटसम्मका मधेसी नेता कार्यकर्ताको शुक्रबार जनकपुरमा बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहालले मधेससँग गद्दार गरेको निष्कर्ष निकाल्दै मधेसलाई समर्थन गने अगुवा नेताको नेतृत्वमा नयाँ पाटी गठन गर्ने तयारी थालेको हो ।

उनीहरुले माने बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने तयारी गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । भट्टराईले नमाने रामचन्द्र झालाई अध्यक्ष मान्ने बताए ।