३० आश्विन २०८३, शुक्रबार

अमेरिकी राष्ट्रपति ओबामा र चिनियाँ राष्ट्रपति सिबीच ह्वाइट हाउसमा तीन घन्टा वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama-C

वासिङ्टन, ८ असोज । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच संयुक्त राज्य अमेरिकामा भेटवार्ता भएको समाचार छ ।

उहाँहरुबीच बिहीबार भेटवार्ता भएको बताइएको छ । उहाँहरुबीच चार घन्टासम्म भेटवार्ता भएको अमेरिकाबाट चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।  सो समाचार समितिले उहाँहरुबीच द्वीपक्षीय सम्बन्धका साथै आपसी विविध विषयमा छलफल भएको बताएको छ ।

बिहीबार राति तीन घन्टासम्म भएको सो वार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध विस्तारका साथै आपसी समझदारीमा सघाउने पु¥याउने अपेक्षा आफूले गरेको राष्ट्रपति सिले जानकारी दिनुभयो ।

चीनमा कुनैपनि विदेशी लगानी तथा व्यापार प्रवर्धनका लागि चीनले कहिल्यै पनि अप्ठेरो अवस्थाको सिर्जना नगरेको भन्दै चीनले सबै विदेशीहरुका लागि आवश्यक पारदर्शी वातावरण सिर्जना गर्ने जानकारी पनि दिनुभयो ।

विदेशी लगानीकर्ताका लागि चीनले कहिल्यै पनि ढोका बन्द नगरेको र व्यापार प्रवर्धनमा चीन सरकार सधैँ सकारात्मक रहेको बारेमा आफूले जानकारी गराएको पनि उहाँले बताउनुभयो ।

राष्ट्रपति सि बिहीबारमात्र वासिङ्टन पुग्नुभएको हो । तर उहाँ तीन दिनदेखि अमेरिकाको भ्रमणमा हुनुहुन्छ । उहाँले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा नै अमेरिकाको राजकीय भ्रमणको कार्यक्रम मिलाउनुभएको हो ।

ओबामा पुटिन पनि भेट्दै

यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच पनि आगामी हप्ता भेटवार्ता हुने भएको अर्काे एक समाचारमा जनाइएको छ ।

सिरियाका विषयमा उहाँहरुबीच भेटवार्ता हुनसक्ने अपेक्षा गरिएको बेला उहाँहरुबीच सो वार्ता हुन लागेको बताइएको छ । रसियाली राष्ट्रपति पुटिनले सो भेटका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई दिनुभएको निमन्त्रणा ओबामाले स्वीकार गर्नुभएको हो ।

आगामी सोमबार उहाँहरुबीच न्युयोर्कमा भेटवार्ता हुने छ । रसियाली राष्ट्रपति पुटिन संयुक्त राष्ट्रसंघमा सहभागिताका लागि अमेरिका जादै हुनुहुन्छ । रासस/सिन्ह्वा/एएफपी