काठमाडौं, ८ असोज । नेपालमा अघोषित नाकाबन्दी गरिरहेको भारतलाई चिनियाँ सेनाले कडा चेतावनी दिएको छ ।
विहीबार पत्रकार सम्मेलन गरी चिनियाँ सेनाले दुबै देशको सीमाक्षेत्रमा एकतर्फी निर्णय नगर्न भारतलार्इ चेतावनी दिएको चिनियाँ सञ्चार माध्यम (एमओडी)ले जनाएको छ ।
भारत र चीनबीचको विवादास्पद भूमि लद्दाखस्थित सीमा नाकामा आफूले राखेका सीसी क्यामेरासहितका अस्थायी संरचना भारतीय सेनाले भत्काएपछि चिनियाँ सेनाले एकलौटी निर्णय नगर्न भारतलार्इ चेतावनी दिएको हो ।

चीनले लद्दाख सीमा क्षेत्रमा बनाएका अस्थायी ढाँचाका संरचना भारतीय सेनाका जवानले केही दिनअघि हटाएका थिए । सीमावर्ती इलाकामा स्थिरता र शान्ति खलबलिने कुनै पनि किसिमको एकतर्फी कारबाही नगर्न चीनको सेनाले भारतलाई आग्रह समेत गरेका छ ।
भारतको एकतर्फी कारबाहीका कारण दुई देशबीच युद्धको अवस्था निम्तने भन्दै चिनियाँ सेनाले त्यस्ता कार्य कुनै हालतमा नगर्न चेतावनी दिएको चीनको रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल वु कियानले बताए ।















प्रतिक्रिया