५ कार्तिक २०८३, बिहिबार

माजोङ चलाउने यती एयरलाइन्सका आङछिरिङको मनपरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

casino_slideshow_3काठमाडौं, ८ असोज । यती एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाले आफ्नोे लगानी रहेको क्यासिनोे माजोङ चलाउन मनपरी गर्न थालेका छन् ।

यतिसम्म की उनले पर्यटन मन्त्री कृपासुर शेर्पालाई दुरुपयोग गर्न थालेको समाचार यूनाइटेड पोष्टले छापेको छ । सोल्टी होेटलमा सञ्चालित क्यासिनो माजोङमा शेर्पा लगायत प्रहरीका पूर्ब अधिकारीहरुकोे समेत लगानी रहेको छ ।

राजधानीको बौद्ध टुसालस्थित होेटल ह्यातमा सञ्चालित क्यासिनो प्राईडले सबै कानूनी प्राबधान पूरा गर्दापनि पर्यटन बिभागले आङछिरिङको दवाबका कारण अन्तिम स्वीकृती दिएको छैन । क्यासिनो प्राईड अन्तर्राष्ट्रिय जगतमा चर्चित क्यासिनो हो ।

त्यस्तै, आङछिरिङले याक एण्ड यती होटलमा खुल्न लागेको क्यासिनो इप्पेरियलको प्रक्रिया समेत रोकिदिएका छन् । यि दुई वटा क्यासिनो पुनः खुले आङछिरिङको लगानी रहेको क्यासिनो माजोङको हालत खस्कने हुँदा उनले मन्त्री शेर्पालाई हातमा लिई मनपरी गरिरहेका छन् ।

मन्त्री ज्यूको दवाब छ भन्दै, पर्यटन बिभागका निर्देशकले याक एण्ड यती होटल दरबारमार्गमा सञ्चालन गर्न लागिएको इम्पेरियल र प्राईडको अन्तिम स्वीकृती रोकेका छन् ।

कानूनसम्मत उद्योग बिभाग, पर्यटन विभाग र पुनः उद्योगबाटै क्यासिनो सञ्चालन गर्ने भनेर इन्डस्ट्रिज प्रमाणपत्र लिइसकेको उक्त क्यासिनोले सञ्चालन गर्नको लागि एफडीआई स्वीकृतीसमेत गराई सकेको छ ।

तीन महिना लगाएर क्यासिनो सञ्चालकले कानुन बमोजिम सबै प्रक्रिया पूरा गरेपनि आङछिरिङको दबाबका कारण पर्यटन बिभागबाट अन्तिम स्वीकृती रोकिएको छ ।

जसका कारण बिदेशी लगानीकर्ताहरु निरुत्साहित बनेका छन् । उता, आङछिरिङले योजनाबद्ध तरिकाबाट खारेज भइसकेको क्यासिनो रोयल आफू निकटलाई दिलाउन लागि परेका छन् ।

सम्झौंता अनुरुप होटलकोे भाडा चुक्ता नगरेका कारण बन्द रोयल क्यासिनो खुलाउन मन्त्री शेर्पालाई आङछिरिङले दुरुपयोग गर्न थालेका छन् ।

पूर्ब राजाका ज्वाई राजबाहादुर सिंहले सञ्चालन गरेको क्यासिनो रोयल खुलाउन मन्त्री शेर्पाले सिधै आफ्नो मोबाईलबाट होटल मालिक राधेश्याम सर्राफलाई धम्की दिन थालेका छन् ।

मन्त्री शेर्पाले तत्काल क्यासिनोको ढोका खोलेर सिंहलाई क्यासिनो सञ्चालन गर्न दिनु भन्दै शर्राफलाई हकारेका थिए । घरभाडा वापतको झण्डै ३२ करोड नतिरेपछि होटलले क्यासिनोसँग गरेको सम्झौंता तिन महिना अगाडि नै भंग गरेको थियो ।

घर भाडा, राजश्व र मजदुरको पारिश्रमीक समेत चुक्ता नगरेका सिंहलाई बारम्बार शेर्पाले क्यासिनो खोलीदिन होटल मालिकलाई दबाब दिंदै आएका छन् ।

क्यासिनो बिक्री गर्ने नाममा बैना लिई करोडौ रुपैंया ठगी गर्नुका साथै १७ करोड रुपैयाँ राजश्व चुक्ता नगरेका सिंहलाई कारवाहीको गर्नुको सट्टा मन्त्री शेर्पाले ठूलै रकमको चलखेल गरी संरक्षण गरेको आशंका पैदा भएको छ ।

बन्द क्यासिनो खुलाउन मन्त्री शेर्पाले एक महिना अगाडि मन्त्रायलबाटै सचिबको टोली पठाएका थिए । तर, होटल मालिकले भाडा चुक्ता नगरेसम्म कुनै पनि हालतमा नखोल्ने अडान लिएपछि उनीहरु भोली ताला फोड्छै भन्दै फर्किएका थिए ।

त्यसको केहि दिनपछि मन्त्रालयकै लेटर प्याडमा क्यासिनो खोलीदिन भन्दै मन्त्रीले ठाडो आदेशसहितको पत्र पठाएका थिए । होटलले सो पत्रको पनि कार्यान्वयन नगरेपछि गत साता मन्त्री शेर्पाले आफैले होटल मालिक शर्राफलाई फोन गरेर क्यासिनो खोलेर सहयोग नगरे होटलमा छापा मार्ने भन्दै धम्की दिएको मन्त्रालय स्रोतले बताएको छ ।

मन्त्रीले पदको दुरुपयोग गर्न थालेपछि मन्त्रालयका कर्मचारी समेत रुष्ट बनेका छन् । ‘गर्नै नमिल्ने र आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर मन्त्री ज्यूले मनलाग्दी गर्ने थाल्नु भएको छ ।’ मन्त्रालयका एक कर्मचारी बताउँछन् ।

क्यासिनोको नाममा ठगी गर्दै आएका सिंह र उनका भाई नाता पर्ने हरिशबहादुर सिंहले क्यासिनो बिक्री गर्ने नाममा आधा दर्जन व्यापारीसँग करोडौं रुपैंया ठगी गरिसकेका छन् ।

क्यासिनो स्रोतका अनुसार ६ महिना बीचमा भारतीय ब्यापारी आषिश पटेल, मुन्ना भाई र एक चाईनिज व्यापारीसँग सिंह दाजुभाईले झण्डै ३० करोड बराबार ठगि गरिसकेका छन् ।

पछिल्लो समय सिंह दाजुभाईले राजधानी बाहिर मिनी क्यासिनो सञ्चालन गर्दै आएका सुरेन्द्र सिंहलाई रोयल चलाउने जिम्मा दिएका छन् ।

नेपालीलाई क्यासिनोमा प्रवेश गराई करोडौं असुलेका सुरेन्द्र अहिले रोयल क्यासिनो चलाउन लागि परेका छन् । तर होटल मालिक शर्राफ भने कुनै पनि हालतमा अब होटलमा क्यासिनो चलाउन नदिने अडानमा छन् ।