काठमाडौं, ८ असोज । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएपछि देखिएका असमझदारीका विषयमा छलफल गर्न विशेष दूत भारत पठाउने भएका छन्।
बिहीबार साँझ प्रधानमन्त्री निवासमा बसेको तीन दलको बैठकमा संविधानका विषयमा देखिएका भारतसँगको असमझदारी हटाउन द्विपक्षीय रूपमा छलफल गर्न आवश्यक भएको ठहर गर्दै विशेष दूत पठाउने निर्णय गरेको निर्णय आजका पत्रपत्रिकाहरूले समाचार छापेका छन् ।















प्रतिक्रिया