३० आश्विन २०८३, शुक्रबार

पहिलोपटक अमेरिका गएका चिनियाँ राष्ट्रपतिले अमेरिकासँग राखे नयाँ प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

xi-obama-reuters-net

सियाटल, ६ असोज । चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले चीन अमेरिकाबीचको नयाँ सम्बन्धमा जोड दिनुभएको छ । उहाँले यी दुई देशबीचको समबन्ध नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको बताइएको छ ।

उहाँले आगामी दिनमा यी दुई देशबीच समझ्दारीमा आधारित सम्बन्ध हुनुपर्नेमा जोड दिनुभएको अमेरिकाबाट प्राप्त समाचारमा जनाइएको छ ।

उहाँ हाल अमेरिकाको भ्रमणमा हुनुहुन्छ । उहाँले सियाटलमा मङ्गलबार दिनुभएको भाषणमा भन्नुभयो– अबका दिनमा यी दुई देशबीचको सम्बन्ध समझदारीमा आधारित हुनुपर्नेछ ।

संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमणको पहिलो दिन मङ्गलबार राष्ट्रपति सिले भन्नुभयो– चीनले कहिल्यै पनि कसैसँग द्वन्द्वात्मक एवम् विवादास्पद सम्बन्ध चाहेको छैन, हामी सबैसँग असल सम्बन्ध चाहन्छौँ ।

हामी अहिलेको भन्दा बढी समभ्mदारीपूर्ण सम्बन्ध चाहन्छौँ, बेमेल एवम् अविश्वास होइन– सो भाषणका क्रममा उहाँले भन्नुभयो ।

चीन र अमेरिकाजस्ता देशका बीचमा द्वन्द्व वा मुठभेड भयो भने यसले यी दुईलाई मात्र नभई संसारलाई नै अप्ठेरोमा पार्ने राष्ट्रपति सिले भन्नुभयो ।

Xi Jinpingराष्ट्रपति सिले यसै सप्ताहान्तमा अमेरिकी राष्ट्रपति बाराक ओबामासँग वार्ता गर्नुहुने कार्यक्रम रहेको छ । सो वार्ताका क्रममा उहाँहरुबीच साइबर अपराधका साथै द्वीपक्षीय व्यापारका बारेमा कुराकानी हुने बताइएको छ ।

उहाँले चीनमा अमेरिकी लगानीकर्तालाई राम्रो र सकारात्मक वातावरण बनाउन चीन सधैँ तत्पर रहेको भन्दै व्यापारिक सम्बन्धका क्षेत्रमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

साइबर ह्याकिङ्का विषयमा चीन पनि शिकार नै भइरहेको छ भन्दै यसका कारण अमेरिकासँग उत्पन्न असहज परिस्थितिका बारेमा छलफल गर्न एक विशेष उच्चस्तरीय संयन्त्र निर्माण गर्न चीन सदैव तयार रहेको धारणा पनि उहाँले राख्नुभयो ।

विगतका केही समयदेखि चीन र अमेरिकाबीच साइबर ह्याकिङ्को समस्या उत्पन्न भएको छ । यसलाई पनि चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा अमेरिकासँगको वार्ताको एजेण्डा बनाइएको छ । रासस÷एएफपी