काठमाडौं, ६ असोज । प्रमुख ३ दलले आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई सहमतिमा ल्याउन पहल थालेका छन् ।
तीन दलको मंगलबार राति बालुवाटारमा बसेको साढे ५ घण्टा लामो बैठकले लचक भएर उनीहरुसँग सम्बादमा बस्ने निष्कर्ष निकालेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
वार्ता निम्ति मधेस केन्द्रीत दलले राखेका केही सर्त पूरा गर्नसमेत तयार भएको स्रोतले जनायो ।
बैठकले आन्दोलनरत दलहरुसँग संवादको समन्वय गर्न वनमन्त्री महेश आर्चायलाई जिम्मेवारी दिएको छ ।















प्रतिक्रिया