५ कार्तिक २०८३, बिहिबार

छ महिनापछि पनि कांग्रेसको महाधिवेशन नहुने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ५ असोज । नियमित चार वर्ष र थप गरिएको एक वर्ष गरी पाँच वर्षमा पनि १३औँ महाधिवेशन गर्न नसकेको कांग्रेसको महाधिवेशन फेरि ६ महिना पछाडि धकेलिएको छ ।

नयाँ संविधानअनुसार पाँच वर्ष र विशेष कारणवश हुन नसकेमा थप ६ महिना थप्न पाउने प्रावधानलाई टेकेर कांग्रेसले अबको ६ महिनापछि महाधिवेशन गर्ने निर्णय गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

संविधान जारी भएको भोलिपल्ट सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नयाँ व्यवस्थाअनुसार पार्टीका सबै तहको पदावधि पनि ६ महिना थप गरेको छ ।

निर्धारित चार वर्ष र थप गरिएको एक वर्षमा महाधिवेशन हुन नसकेपछि ५ असोज मंगलबारबाट कांग्रेसको सबै तहको समयावधि सकिएको हो ।

यसअघि भदौ २४ देखि २८ र असोज २ देखि ५ सम्म १३औँ महाधिवेशन घोषणा भए पनि हुन सकेको थिएन ।

पाँच वर्ष र थप गरिएको एक वर्षमा पनि महाधिवेशन हुन नसकेपछि नयाँ संविधानमा पाँच वर्ष र विशेष अवस्थामा ६ महिना थप्न सक्ने संवैधानिक प्रावधानपछि कांग्रेसको संकट टरेको हो ।