काठमाडौं, ५ भदौ । तीन ठूला दलले दुईतिहाइ बहुमतको बलमा संविधान जारी गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ता र संवादको अध्याय सकिएको दाबी गरेको छ ।
संविधानसँग असन्तुष्टहरुबीच बृहत मोर्चाबन्दी गर्ने योजनासमेत मोर्चाले बनाएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
यसअघि राजधानीमा भदौ ३१ गते बसेको बैठकले उनीहरुसँग मोर्चाबन्दी र कार्यगत एकता गर्ने निर्णय गरेको थियो ।
मंगलबार साँझ सप्तरी सदरमुकाम राजविराजमा मोर्चा बैठक बसी औपचारिक आह्वान गर्ने जानकारी तमलोपा अध्यक्ष महन्थ ठाकुरले दिए ।
‘हामी वार्ता र संवादबाटै निकास खोज्न तयार थियौं ।
तीन दलले जबर्जस्ती गरेर हामीलाई त्यहा पुर्याइदिए, जहाबाट अब फर्कन गाह्रो भइसक्यो,’ राजधानीस्थित तमलोपा मुख्यालयमा कुरा गर्दै ठाकुरले भने, ‘सरकार र तीन दलले वार्ताको अध्याय समाप्त गरेका छन् । अब हामी सबै उपेक्षित र असन्तुष्टसग मिलेर अघि बढ्छौं ।’















प्रतिक्रिया