५ कार्तिक २०८३, बिहिबार

मधेसीको आन्दोलनलाई समर्थन गर्न भारतले सिमा बन्द गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modiकाठमाडौं, ५ असोज । नेपालमा आइतबार संविधान जारी भएपछि भारतीय सीमावर्ती नेपाली भूभागमा हिंसात्मक घटना बढेको कारण देखाउँदै भातरले सीमा क्षेत्रमा जारी तनाव अन्त्य गर्न नेपालले तत्काल पहलकदमी नदेखाएका कारण अहिलेको विषम परिस्थिति सामुमा आएको भन्दै गैर कुटनीतिक सन्देश सार्वजनिक गरेको छ ।

नेपालका लागि भारतीय राजदूत रणजित राय सोमबार बिहान दिल्ली उत्रिएपछि दिनभर विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा नेपाल मामिलामा परामर्श भएपछि अपरान्ह जारी बिज्ञप्तिमा चेतावनीयुक्त संकेतसहित सीमावर्ती क्षेत्रमा देखिएको तनावबारे नेपाली नेतृत्वलाई बारम्बार सजग गराइएको स्मरण गराइएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

भारतले बिहार राज्यमा असोज २५ गतेदेखि कात्तिक १९ सम्म ६ चरणमा हुन लागेको राज्यसभा निर्वाचनको प्रसंग जोड्दै सीमावर्ती तनाव र हिंसाजन्य गतिविधिबारे गत साता पनि विज्ञप्ति मार्फत सचेत गराएको थियो ।