काठमाडौँ, ४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले दुई सातापछि राजीनामा दिने बताउनुभएको छ ।
नेपाली काँग्रेस केन्द्रीय समितिको सोमबार बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले दुई सातापछि राजीनामा दिने मनस्थिति बनाएको बताउनुभएको हो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाट फर्किएपछि सरकारबाट बाहिरिनुपर्ने बाध्यात्मक अवस्था रहेको उहाँले बैठकलाई जानकारी गराउनुभएको थियो । संविधानमा भएको प्रावधान अनुसार संविधान जारी भएलगत्तै राजीनामा दिने मनस्थितिमा रहेपनि प्रमुख दलका नेताहरुकै सल्लाहमा आफूले केही दिनपछि राजीनामा दिने उहाँले बताउनुभयो ।
राष्ट्र संघको महासभामा भाग लिएर नेपालमा संविधान बनेको जानकारी गराउन प्रमुख दलका नेताहरुले आफूलाई आग्रह गरेको उहाँले बैठकमा सुनाउनुभयो ।
प्रधानमन्त्री कोइराला आगामी बुधबार राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने कार्यक्रम छ । उहाँ असोज १७ गते काठमाडौँ फर्कनुहुनेछ ।




![k|wfgdGqL lgjf; afn'jf6f/df u/]sf]] k|d'v ltgbnsf]] ;+o'Qm kqsf/ ;Dd]ngdf af]Nb} k|wfgdGqL ;'lzn sf]O/fnf . tl:a/ M /f]zg ;fksf]6f, /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/09/Sushil-koirala1-270x300.jpg)








प्रतिक्रिया