२१ कार्तिक २०८३, शनिबार

खुसीयालीमा काठमाडौंमा र्‍याली र सभा गर्दै नेपाल सरकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-Pmकाठमाडौं, ४ असोज । नेपालको संविधान २०७२ लागू भएको खुसीयालीमा सरकराले टुँडिखेलमा खुसीयाली सभाको आयोजना राखेको छ ।

दिउँसो एक बजे टुँडिखेलमा हुने सभालाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अधयक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष कमल थापासहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूका प्रतिनिधिले बोल्ने छन् । त्यसका लागि सरकारले सम्पूर्ण तयारी गरेको छ ।

मध्यान्ह १२ बजेदेखि कांग्रेस, एमाले र एमाओवादीसहितका दलहरूले विभिन्न स्थानबाट आफ्नो नेता तथा तथा कार्यकर्तालाई टुँडिखेलामा उतार्नेछन् ।

कांग्रेसले शान्तिबाटिका, एमालेले बागजार र एकीकृत माओवादीले भृकुटीमण्डपबाट र्‍याली निकाल्ने छन् ।

सबै र्‍याली एक बजेसम्म टुडिखेल पुग्नुपर्ने व्यवस्था मिलाइएको एमालेका सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

‘सरकराले आयोजना गरेको सभालाई व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेता र प्रतिनिधिहरूले सम्बोधन गर्नुहुने छ ।’

नारावाजी र झाँकीसहित नेता तथा कार्यकर्ता खुलामञ्च प्रवेश गर्नेछन् ।

दोस्रो संविधानसभाबाट पारित नेपालको संविधान २०७२ लाई आइतबार राष्ट्रपति डा.रामवरण यादवले विशेष समारोहकाबीच प्रारम्भ भएको घोषणा गर्नुभएको थियो ।