२१ कार्तिक २०८३, शनिबार

डा. बाबुराम भट्टराईको असन्तुष्टि कायमै, संविधानसभाबाट निस्कँदै गर्दा के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dªunaf/ a;]sf] ;+ljwfg;efsf] a}7saf6 aflx/ lg:sFb} Pdfcf]jfbLsf g]tf 8f= afa'/fd e§/fO{ / g]kfnL sf+u|];sf g]tf z]/ axfb'/ b]pjf . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ, ३ असोज । एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नयाँ संविधान घोषणाप्रति आफ्नो असन्तुष्टि फेरि दोहोराउनुभएको छ ।

संविधान घोषणा भएपछि संविधानसभा भवनबाट निस्कने क्रममा डा. भट्टराईले नयाँ संविधानमा सबै जनताको माग नसमेटिएकोले दीपावली गर्न अझै पनि आवश्यक नरहेको बताउनुभएको छ ।

नयाँ संविधानमा असन्तुष्ट पक्षको धारणा समेटिनुपर्ने डा. भट्टराईको धारणा थियो । संविधान निर्माण प्रक्रियामा सहभागी भए पनि सबैको सहमतिमा सहमति आउन नसकेको भन्दै भट्टराईले यसअघिदेखि नै असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।