११ कार्तिक २०८३, बुधबार

पत्रकारलाई भैतिक कारवाही गर्ने लिम्बूवान पार्टीका सचिवको धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, ३ असोज । संघीय लिम्बूवान पार्टी नेपालका केन्द्रीय सचिव लाजेहाङ साम्युले पार्टीविरुद्धको समाचार लेख्ने पत्रकार र लेखाउनेलाई भौतिक कारवाही गर्ने चेतावनी दिएका छन् ।

fb

अरुणपूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग राखेर आन्दोलन थालेको संघीय लिम्बुवान पार्टी नेपाल अहिले आएर फुटको संघारमा पुगेको विषयमा प्रकाशित समाचारहरुमाथि टिप्पणी गर्दै उनले ‘लिम्बुवान फुटको भ्रामक समाचार लेख्ने र लेखाउनेलाई पार्टीले भौतिक कारबाही गर्नु पर्दछ’ भनेका छन् । आफ्नो फेसबुकमार्फत यस्तो टिप्पणी राख्दै उनले ‘यस्ता बिचौलियाहरु पार्टीको भाइरस हुन्, यस्ता पत्रकार लिम्बुवानको बिरोधी हुन् । बेलैमा सोचौं’ भनेका छन् ।

संघीय लिम्बूवान पार्टी नेपालमा हाल दुई धार देखिएपछि पार्टी फुट्ने खतरा बढेको छ । पार्टी भित्रका अध्यक्ष कुमार लिङदेन र लिम्बुवानकै सर्वोच्च नेता मानिएका वीर नेम्वाङबीचको खटपटले पार्टी फुटको संघारमा पुगेको हो ।

संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङदेन आफैले पूर्वका विभिन्न जिल्लामा आयोजित आमसभा तथा कार्यक्रमहरुमा दिँदै आएको अभिव्यक्तिले पनि त्यसलाई थप पुष्टि गरेको छ । उनले कार्यक्रम तथा आमसभाहरुमा पार्टी फूटको संघारमा रहेको संकेत गर्दै आइरहेका छन् ।