
काठमाडौँ, ३ असोज । राष्ट्रपति डा. रामवरण यादवका कारण संविधान घोषणा हुने समय ४५ मिनेट पछाडि सरेको छ ।
साँझ ५ बजे संविधान घोषणा गर्ने तयारी गरिएपनि राष्ट्रपति डा. यादवले प्राविधिक कारण देखाउँदै ४५ मिनेट पछाडि सारेका हुन् । प्राविधिक कारण के हो भन्ने बारे अझै बताइएको छैन् ।
सबैको सहमतिमा संविधान जारी हुन नसकेको भन्दै राष्ट्रपति यादव सुरु देखि नै असन्तुष्ट थिए । यद्यपि राष्ट्रपति यादव अहिले पनि अनौपचारिक छलफलमा रहेका कारण समय सारिएको स्रोतले जनाएको छ ।
राष्ट्रपति यादवले संविधानसभा भवन पुगेर मन्त्रिपरिषदले तयार पारेको मन्तव्य पढ्दै नेपालको नयाँ संविधान घोषणा गर्नेछन् ।















प्रतिक्रिया