– सुदीप अधिकारी
बर्दिया, ३ असोज । मुलुकमा नयाँ संविधान घोषणाको पूर्व सन्ध्यामा आइतबार दिउँसो बर्दियामा संविधान पक्षधरले एकातर्फ नाचगान सुरु गरेका छन् । भने अर्को तर्फ विरोधमा भएमा नाराबाजी भएको छ ।
संविधानको खुशीयाली मनाउँदै चोकचोकमा अविरजात्रा र नाचगान गरेका छन् । अर्कोतर्फ संविधानप्रति असन्तुष्टि जनाउँदै आएको थरुहटले नाराबाजीसँगै ठाउँठाउँमा कोणसभा गरेको छ । थरुहटका कार्यकर्ताहरु हात र टाउकोमा कालो पट्टी बाँधेर विरोधमा उत्रेका छन् ।

आइतबार दिउँसो जिल्लाको भुरिगाउँ बजार चोकमा संविधान पक्षधरले बाजा बजाएर नाचगान गर्दै गरेको स्थान भन्दा करिव सय मिटर टाढा संविधानको विरोधमा थरुहटले नारावाजी गर्दै कोणसभा गरेका थिए । कोणसभामा संवोधन गर्ने थरुहट अगुवाहरुले आफूहरुको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
संविधान पक्षधरले अविर लगाएर अंकमाल गर्दै सुशीयाली साटासाट गरेका थिए । भने अर्को तर्फ संविधानमा आफनो माग सम्बोधन नभएको भन्दै थरुहटका अगुवाले चर्काचर्का भाषण गरेका थिए । स्थानीय जनता नै दुइ भागमा विभाजीत भएर कार्यक्रम गर्दा अधिकाशं स्थानियबासीले चित्त दुखाइ गरिरहेका थिए ।
नयाँ संविधानमा उल्लेख गरिएको प्रदेशको सीमांकनलाई लिएर थरुहट विगत ४० दिनदेखि आन्दोलनरत् छन् । थरुहटले अझैपनि आफनो माग संवोधन हुनुपर्ने माग राखेका छन् ।
थरुहटका कार्यकर्ताले संविधान घोषणा हुने दिन आइतबार विहानैदेखि यहाँको बजार, यातायात, उद्योग कलकारखाना ठप्प पारेका थिए ।
यसैगरी संविधान जारी हुने अघिल्लो दिन संविधान पक्षधरले शनिबार जिल्ला सदरमुकाम गुलरिया, भुरिगाउँ, ताराताल,बासगढी, मगरागढीलगाएतका क्षेत्रमा दिपावली मनाएर खुशीयालीका साथ नयाँ संविधानको स्वागत गरेका थिए । संविधान घोषणाको पूर्व सन्ध्यामा भुरिगाउँका युवाहरुले शानबार साझ मोटरसाइकल र्यली निकालेका थिए । भने थरुहटका कार्यकर्ताले राजापुर, बासगढी, भुरिगाउँलगाएतका स्थानमा मशाल जुलुस प्रर्दशन गरेका थिए ।
















प्रतिक्रिया