– निशानदाजु भट्टराई
दाङ, ३ असोज । नयाँ संविधानको स्वागतार्थ दाङमा विश्वको अग्लो त्रिशुल रहेको पाण्डवेश्वर धारपानि मन्दिरका १ सय ८ वटा पालामा वत्ति बालिएको छ ।
दाङमा भर्खरै गठन भएर विभिन्न रचनात्मक कार्यक्रम गरी संविधान निर्माणको स्वागत गर्दै शान्ति र सद्भावको कामना गर्दै आइरहेको समृद्ध दाङ समुन्नत नेपालले आइतवार बिहान विश्वको अग्लो त्रिशुल राखिएको स्थान र धारपानी मन्दिर परिसरमा दीपावली गरेको संस्थाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार एव पुर्व सचिव सविन प्रियासनले बताउनुभयो ।
नेपाली जनताले ६५ वर्षदेखि आफ्नो संविधान आफै लेख्ने भनि देखेको सपना साकार हुँदै गरेको आजको दिनमा सबै नेपाली जनताहरुले चौतर्फि दीपावली गर्दै खुसीयाली मनाउनुपर्ने भन्दै समृद्ध दाङ समुन्नत नेपालले विगत तीन दिनदेखि जिल्लाका मठमन्दिर, मस्जिद, गुम्वा, चर्च लगाएत विभिन्न स्थानमा दीपावली गर्दै आइरहेको छ । भने शनिवार मात्रै संविधान निर्माण कार्यमा महत्वपुर्ण योगदान पु¥याएका राजनीतिक दल तथा नेताहरुलाई अभिनन्दनसहित सम्मान गरेकोे थियो ।
अभियान अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको दीप प्रज्ज्वलन कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष अध्यक्ष सुदीप गौतमले संविधान निर्माणको खुसियालिमा विश्वको अग्लो ठूलो त्रिशुल रहेको स्थानमा दीपावली गरेर दाङका युवाहरुले उदाहरणीय काम गरेकोमा प्रंशसा गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि पाण्डवेश्वर धारपानी मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष श्रीधर पौडेल, अभियानका सल्लाहकार एवं बुद्धिजीवी सर्जन गौतमलगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रमका कार्यक्रम संयोजक निशान दाजु भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण समृद्ध दाङ समुन्नत नेपालका महासचिव केशरमान वीसीले गर्नुभएको थियो ।
















प्रतिक्रिया