१ कार्तिक २०८३, शनिबार

संविधान घोषणाबारे मन्त्रिपरिषदमा के-के भयो छलफल ? राष्ट्रपतिको भाषण तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM-residence-Baluwatarकाठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्को आजको बैठकमा राष्ट्रपति डा रामवरण यादवबाट ‘नेपालको संविधान, २०७२’ घोषणा गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवासमा भएको बैठकमा राष्ट्रपति डा यादवले संविधान प्रारम्भ भएको घोषणा गर्ने विषयमा छलफल भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो । सभाअध्यक्षबाट प्रमाणित भएको ‘नेपालको संविधान, २०७२’ आज संविधानसभा भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा यादवले प्रारम्भ भएको घोषणा गर्ने कार्यक्रम छ । त्यसका लागि संविधानसभामा राष्ट्रपति डा. रामवरण यादवले गर्ने सम्बोधनको व्यहोरा समेत मन्त्रिपरिषदबाट पारित भएको छ ।

बैठकमा भोलि (सोमबार) सरकार र राजनीतिक दलसमेतको सहभागितामा ¥याली निकाल्ने विषयमा छलफल हुनुका साथै आवश्यक तयारीका बारेमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जानकारी गराउनुभएको थियो । छलफलपछि प्रधानमन्त्री सुशील कोइरालाले थप आवश्यक निर्देशनसमेत दिनुभएको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री डा रिजालले बताउनुभयो ।

बैठकमा भूकम्प पछाडिको पुनःनिर्माणको कार्य चाँडै सम्पादन गर्नका लागि राजनीतिक रुपमा ऐन कानुनी प्रक्रियालाई ध्यानमा राखेर कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल भएको थियो ।

सरकारले भूकम्पपछिको पुनःनिर्माणको काम र बाँकी रहेको पुनःस्थानाको काम तदारुकताका साथ अघि बढाउन तयारी गर्ने र त्यसका लागि आवश्यक राजनीतिक समझदारी, कानुनी, संवैधानिक तयारी गर्ने विषयमा समेत छलफल भएको मन्त्री रिजालले बताउनुभयो । रासस