३० आश्विन २०८३, शुक्रबार

जापानले सेना पठाउने निर्णय गरेपछि चीनले दियो चेतावनीमूलक सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan-and-chinaबेइजिङ, ३ असोज । जापानी सरकारले विदेशी भूमिका आफ्नो देशको सेनाको भूमिका विस्तार गरेको एउटा कानुन शनिबार जापानी संसदबाट पास गरेपछि चीनले जापानलाई सैन्य सुरक्षा क्षेत्रमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

“जापान सरकारले विशेष ध्यान दिई क्षेत्रीय शान्ति तथा स्थायीत्वका लागि योगदान पु¥याउनुपर्ने कुरामा जापान सजग रहनुपर्छ,” नियमित पत्रकार भेटका क्रममा चिनियाँ विदेशमन्त्री होङ लेइले बताउनुभयो ।

जापानभर भएको ठूलो विरोधकाबीच जापानी डाइटले जापानी सेनाको विदेशी भूमिमा लड्न जान पाउने कानुन पास गरेको हो । यो विधेयक जापानी संसदमा प्रस्तुत गर्ने प्रस्तावसँगै सरकार विरुद्ध सडक संघर्ष तथा संसदमा हात हालाहालको स्थिति निम्त्याएको थियो ।

जापानको प्रधानमन्त्री सिन्जो आवे नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको उक्त कानुन निणयार्थ प्रस्तुत हुँदा उपल्लो सभाले बहुमतका साथ पास गरेको हो ।

“हामी आशा गर्छौ, जापानी सरकारले घरभित्र ९स्वदेश० तथा विदेशको न्यायका लागि उठाइएको आवाजलाई मनन् गर्नेछु,” पत्रकारसँगको कुराकानीमा मन्त्री होङले भन्नुभयो ।

निर्णयार्थ प्रस्तुत भएको यो विधेयकको पक्षमा १४८ र विपक्षमा ९० मत परेको थियो ।

दोस्रो विश्वयुद्ध पश्चात अव जापान सरकारले पहिलो पटक आफ्नो सेनालाई आवश्यकता अनुसार विदेशी भूमिमा लड्न पठाउन सक्नेछ । रासस÷सिन्ह्वा