५ कार्तिक २०८३, बिहिबार

अस्थायी साधन विनाको यौनसम्पर्कपछि पटक–पटक गर्भपतन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexइलाम, ३ असोज । स्वास्थ्यसंस्था पुगेर गर्भपतन गराउने महिलाहरुले दोस्रो पल्ट पनि अनिश्छित गर्भधारण गर्ने गरेको पाइएको छ । असुरक्षित यौनसम्पर्क गर्दा उनीहरु फेरि अनिश्छित गर्भ बोक्न बाध्य भएका हुन् ।

पहिलोपल्ट गर्भपतन गरेपछि असुरक्षित यौनसम्पर्क गर्दा उनीहरु फेरि अनिच्छित गर्भ बोक्न बाध्य भएको नागरिक दैनिकले समाचार छापेको छ ।

यौनसम्पर्कका बेला गर्भनिरोधका अस्थायी र स्थायी साधन प्रयोगमा मन नलगाउँदा धेरै महिलाले दोहोर्‍याएर गर्भपतन गरिरहेका छन्।

सरकारी तथा निजी क्षेत्रबाट गर्भपतन सुविधा गाउँ गाउँ विस्तार भइसक्दासमेत इलाम र पाूचथरका ३० प्रतिशत महिला त्यसरी रहेको गर्भ पतन नगराएको पाइएको छ ।

आइपास नेपालको सहयोगमा सेवा विस्तार भएका केन्द्रहरुको तथ्यांक अनुसार जिल्ला अस्पताल पुगेका सेवाग्राहीले पनि गर्भनिरोधक साधन प्रयोग नगरेको पाइएको छ।

तर, जिल्ला अस्पताल पाँचथरबाट सेवा लिनेमध्ये १५ प्रतिशतले मात्रै गर्भ निरोधक साधन प्रयोग गर्ने गरेको देखिएको छ।

त्यहाूको अस्पतालमा तीन सय ९८ जनाले गर्भपतन गराएकोमा ६० जनाले मात्रै गर्भनिरोधक साधन प्रयोग गरेका छन्।

एकपल्ट गर्भपतन गराएपछि यौनसम्पर्क गर्दा गर्भनिरोधक साधन प्रयोग नगर्ने स्थिति कायम रहेकाले यस्तो तथ्यांक आएको हो।

उक्त अस्पतालकी स्टाफ नर्स लक्ष्मी जोशी एकपल्ट गर्भपतन गराएका सेवाग्राहीले सुरक्षित यौनसम्पर्क गरी अनिच्छित गर्भप्रति सचेत नभएको बताउछिन्।

त्यसको प्रत्यक्ष असर महिलाको स्वास्थ्यमा देखिने गरेको छ।