१ कार्तिक २०८३, शनिबार

संविधान बन्दा बाबुराम किन दुःखी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam Bhattaraiबनेपा, २ असोज । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले संविधानसभाबाट पारित भएको नयाँ संविधानप्रति आफू आशिंक बेखुशी भएको बताउनुभएको छ ।

शनिबार काभ्रेको पाँचखालमा धुर्मुस सुन्तली एकीकृत बस्तीको अवलोकनका क्रममा नेता भट्टराईले संविधानसभामा प्रतिनिधित्व गर्ने मधेसवादी दलहरु बाहिर रहेको भन्दै संविधान जारी भएको अवसरमा उत्वस मनाउने र मादल बनाउने बेला नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘संविधान जारी भएकोमा म आंशिक रुपमा म दुःखी छु । किनभने अहिले पनि तरार्इ मधेस, थारु लगायतका समुदायको समस्याको समाधान भएको छैन । यी सबै समुदायको माग पुरा गरेर संविधान जारी गर्न पाएको भए धेरै खुशी हुन्थें ।’

संविधान जारी गर्न मुख्य भूमिका आफूले खेलेको दाबी गर्दै नेता भट्टराईले पछिल्लो समय आफूलाई खुइल्याउने काम भएको गुनासो गर्नुभयो । ‘संवाद समितिको सभापति हुँदा मैले संविधान जारी गर्न कति भूमिका निर्वाह गरे भन्ने कुरा सबैले थाहा पाएका छन्, उहाँले भन्नुभयो-‘तर संविधान पारित भइसकेपछि मलाई खुइल्याउने काम भयो । बाबुरामले संविधान ल्याउने चाहेको थिएन भन्ने कुरा पनि सुनियो ।’