यता, वार्ता टोली सदस्य लेखीले न्यूनतम सर्त पूरा नहुँदासम्म कुनै पनि प्रकारको वार्तामा नबस्ने बताउनु हुन्छ । ‘वार्ताका लागि वार्ता मात्रै हुँदैन’, उहाँले भन्नुभयो, ‘सरकार जिम्मेवार देखिएन ।’ स्रोतका अनुसार थारु आन्दोलनमा दुई समूह देखा परेका छन् । संयोजक धनीराम समूह वार्ताबाट छिटो निकास निकाल्न चाहन्छ । अर्को समूह लेखीलगायतका समूह आन्दोलन जारी राख्ने र मधेसी मोर्चासँग गठबन्धन गरेर तराई मधेसमा उथलपुथलको योजना राख्छ । अहिलेको आन्दोलनमा लेखी हार्डलाइनका रुपमा देखिएका छन् भने धनीराम चौधरी समूह सफ्ट लाइनमा देखिन्छ । तर दुवै समूहको आआफ्नो अडानका कारण थारु र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको वार्ता सहमतिमा पुग्न नसकेको स्रोतको दाबी छ ।
















प्रतिक्रिया